Sunday, November 22, 2009

नेपालमा ग्रामीण खानेपानी को अबस्था

नेपाल एक पहाड़ी देश हो । यहाँको ९० प्रतिशत भूभाग पहाड़ ले ढाकेको छ । १० प्रतिसत इलाका मात्र तराई पर्दछ । खासगरी पहाड़ी प्रदेश भएको ले यो बिकासमा पनी पछि परेको छ । पहाड़ को जनसँख्या को प्रमुख भाग ग्रामीण क्षेत्र म़ा बसोबास गर्द्छं । एकप्रकार ले भन्ने हो भने नेपाल गाऊँ नै गाऊँ ले भरिएको देश हो भन्न सकिन्छ ।

नेपाल को ग्रामीण खानेपानी को अबस्था लाई पनी २ भागमा बाडन सकिन्छ । १ पहाड़ी भाग र अर्को तराई भाग । तराई को कुरा गर्दा तराई का जनता लाई पहाड़ का जनता को अपेक्छा केहि हद सम्म सुख छ भने पनी हुन्छ । किनभने एहां खास गरी परंपरागत रूप ले बनेका इनार हरु निकै पाऊंन सकिन्छ । तराई का जनताहरू आधुनिक काल मा पनी यही इनार बाट काम चलाई रहेका छन। तर हालको बिकास संगै एसमा सुधार आएको छ । अब मानिस हरु इनारको साथ साथ हाते पम्प तथा डिप्बोरिंग जस्ता आधुनिक प्रबिधि समेत को प्रयोग गरि लाभ ल़ी रहेका छन।

तर तुलनात्मक रूप मा भन्ने हो भने पहॉडको खानेपानी को अबस्था हाल सम्म पनी निकै दयनीय छ। मानिस अहिले पनी पानी लींन घंटों को पैदल हिन्नु पर्ने अबस्था छ । एक गाग्रो पानी लीना बिहान अध्यारो मई पैदल उकालो ओरालो हिन्नु पर्ने अबस्था छ । जहाँ न बत्ती को ब्यस्था छ न सुरक्छा को ब्यबस्था । येसको मार मा खास गरी महिला हरु पर्दाछं। रात बिरात हिन्दा एकातिर इंजुरी घाऊ चोट लागने संभवाना देखिंछा भने अर्को तीर बलात्कार जस्ता घटना न भएका पनी होइनन ।

यस प्रकारको कठिनाईको बाबजूद हाल आएर सरकार, बिभिन्न दात्री निकाय तथा सहयोगी संगठनहरु को सहयोग म़ा नेपालको धेरै क्षेत्रम़ा ग्रामीण खानेपानी को आयोजना सञ्चालनम़ा रहेका छन । यस प्रकारको आयोजना पहाड़म़ा मात्रै नभएर तराई क्षेत्रम़ा पनी सञ्चालनम़ा रहेको छ। अब सरकार र जनता दुबैले यसम़ा सुधार नगरी बिकास असम्भव छ भन्ने कुरा बुझी सके ।यसैले हाल जनता र सरकार सामान रुपमा यस ग्रामीण खानेपानी क्षेत्र को सुधारमा लागी परेका छन ।

No comments:

Post a Comment