Sunday, November 22, 2009

ग्रामीण भेग को दैनिकी

नेपालमा भएका प्रायजसो गाऊँले हरु को दैनिकी प्रायजसो एकै प्रकार को हुन्छ । एसई मध्य एउटा कुनै गाऊँ को दिन चर्या बारेमा लेखने कोसिस गर्दैछू। य़ेस दैनिकी लाई बिहान, दिउँसो, र राति गरी ३ भाग माँ बांडन सकिन्छ ।

१ बिहान
बिहान घाम न लाग्दै अर्थात सूर्य उदय हुनु अगाड़ीनै उठ्यो । गाई बस्तुभाऊ हरु लाई घास पराल हाल्यो । तराई तीर गर्मी बेला हो भने बस्तुभाऊ लाई गोठबाट बाहिर सार्यो । जाड़ोको बेला हो भने अली ढिलो बाहिर सार्यो । त्यसपछि गाई भैंसी दुहुना छन भने बाछा पाडा लाएर दुध दुहने क्रिया सुरु हुन्छ । पुरुषहरु दूध बिक्री गर्न बाजार तीर लाग्छन भने महिला हरु आ आफ्नो घर धंदामा लाग्छन । त्यसपछि भात पकाई खाई वरी दिउँसो को धंदा मा लाग्छन ।

२ दिउँसो
दिउँसो को समय मा खास गरी पुरूष हरु यदि खेत बारी जोतने कार्य मा लागेको छन भने उनिहरु लाई महिला सदस्य हरु द्वारा खाना खान दिने लगायत का कार्य हरु संपन्न गरिन्छ । त्यस पछि आई पर्ने दैनिक घर धंदा को काम मा लाग्द्छं । पढ़ने उमेरका बाल बालिका हरू स्कूल पढ्न जान्छं।

३ राति
दिन भरी को काम बाट थकित भएका परिवार का सबै सदस्य हरु सबै आ आफ्ना घरमा आई पुग्छं । यदि कोही न आई पुगे भने चिंता गरी खोज तलास पनी गरिन्छ। केटा केटी हरु गाऊँ मा बिजुली को सुबिधा छ भने बिजुली को उज्यालो मा नत्र भने डिबिया को उज्यालो मा पढ्न सुरु गर्छन । घर मा पाकेको मिठो मशीनो पाकेको खाएर आ आफ्नो ओछ्याँनमा थकाई मारन सुतन जान्छं।

यस प्रकार एउटा गाऊँ को दैनिकी समाप्त हुन्छ।

No comments:

Post a Comment