Monday, November 23, 2009

गाऊँ अब पाहिले को गाऊँ रहेन

म आज भन्दा धेरै बर्ष अघि को कुरा हरु समझन छू । समझना को पोको खोल्दै जांदा धेरै बर्ष अघि पुग्दछू । म समझनाको पोको अझै खोल्दै जान्छु । खोल्दै जान्छु । अझ खोल्दै जान्छु । भित्र अझ भित्र पुग्दछु । त्यहाँ एउटा सानो बिन्दु देखा पर्छ । अब म त्यही बिन्दुमाँ ध्यान केंद्रित गर्न पुग्द्छु । अब मेरा सारा ध्यान त्यही बिन्दु मै केंद्रित छ। अब चाहीं बिन्दु हेरेर मात्र भयेन भनेर त्यस बिन्दु लाई जूम गर्दै लगे । हो अब त्यों बिन्दु केही प्रस्ट हुँदै गयो ।

म देखि रहेको छू । त्यों बिन्दु अब मेरो अझै निकट भई रहेको छ । ये , अब झनै नजिक आयो । हो , अब अली प्रस्ट हुदै गई रहेको छ । ठीकै छ बिस्तारै बिस्तारै अझ झन नजिक हूँदै गई रहेको छ । म पनी धैर्यता का साथ पर्खेर हेरी रहेको छू । क्रमस यो पनी मेरो नजिक आउन लाग्यो ।अरे , यो के हो । ये , यो ता एउटा सानो गाऊँ जस्तो पो देखिन्छ नि त । हो त यो त कुनै गाऊँ पो रहेछ ।

अब कही हद सम्म प्रस्ट भयो । म देखि रहेको छू । गाऊँ को एका तीर बाक्लो जंगललै जंगलले ढाकेको छ भने अर्को तीर हरिया खेत का पाटा अनी साना ठूला गरा परे का खेत , त्यसमा मौसम अनुसार का बाली लह लह गरी झूली रहेका दृश्य देखिन पनी थाल्यो । आहा , कतै धान का बाला झूली रहेका छन , कतै तोरी फूलेर पहेंलपुर छन । ग्रामीण बाला हरु आ आफ्ना मस्ती माँ कोही घास कट्दै छन भने कोही गाईबस्तु चरनमाँ छोड़ी खेल्न मा मस्त देखींथे ।जो अली तरुण तरुनी हरु घास काटदी छन ।
ठीक येही बेला एउटा ठुलो आवाज आयो । येसको साथ साथै एउटा ठुलो परदा जस्तो पनी देखियो । अब म देखि रहेको छू की त्यस परदा माँ लेखिएको थियो " रामपुर गाऊँ आज भन्दा ५० बरस अघि को " ।

No comments:

Post a Comment