Sunday, November 22, 2009

ग्रामीण क्षेत्रमा सिक्षाको प्रचार तथा प्रसार

नेपाल को ग्रामीण क्षेत्र तुलनात्मक रुपमा नेपालको राजनीतीको परिबर्तन पछि निकै नै प्रगति को बाटोमा गएको छ भन्दा केही फरक न पर्ला । नेपालको राजनितिक परिबर्तन पुर्ब को काल मा पनी सिक्षा बारे चासो न लिईएको पनी होइन । तर कता कता के न मिलेको जस्तो गरी शैक्षिक ब्यबहार थियो । त्यसमा पनी ग्रामीण क्षेत्र झनै दुर्गातिपूर्ण थियो भन्दा अतुक्ति न होला। किनभने खास गरी ग्रामीण क्षेत्र का बिध्यालय हरुमा भनेको बेला गुरुहरू उपस्थित न भैदिने, उपस्थित भएपनी शैक्षिक कैलंडर पुरा न हुने आदि इत्यादी समस्या बाट शैक्षिक क्षेत्र पीडित थिए ।

तर अब त्यो अबस्था रहेन । जनतामा जागरूकता आयो । राजनितिक परिवर्तन पश्चात जनता निकै जागरूक भईसकेको अबस्था छ । अबको समय भनेको बिकास हो भन्ने कुरा अब कसैले कसैलाई सिकाई रहनु पर्ने अबस्थानै रहेन । सोही अनुरूप शिक्षा मा पनी निकै सुधार भएर गएको देखिन्छ ।


अन्तमा भन्नु पर्दा अब नेपालको ग्रामीण क्षेत्र को शैक्षिक क्षेत्रको सुधार भई रहेको छ र यसको भाबिस्य उज्जवल छ ।

No comments:

Post a Comment