Sunday, November 22, 2009

ग्रामीण खानेपनिमा सुधार अति आवश्यक छ

नेपालको गाऊँ घरमा अहिले पनी सफा खानेपानी को निकै समस्या छ । यो कुरा को पुष्टि बिभिन्न एनजीओ तथा सरकार द्वारा प्रकाशित आंकड़ा ले पुष्टि गरिरहेको छ। यो कुरा लाई महसूस गर्न कुनै डाटा हेरी रहनु पर्ने कुनै जरुरत पनी छैन । सफा खानेपानी को अभाव भै रहेको कुरा को प्रत्यक्ष अनुभव हामी आफैं ले गरिनै रहेका छौं । नेपाल को जुनसुकै गाऊँ मा गएर हेर्दा पनी जनता हरु सफा खानेपानिको मार मा परिरहेको दृश्य देखन सकिन्छ।एउटा ग्रामीण भेग को जनता ले खानेपानी प्राप्त गर्ने तरीका कस्तो हुन्छ यो दृश्य तल बाट थाहा हुन्छ।
ग्रामीण क्षेत्र को खानेपानी को प्रमुख स्रोत भनेको कलकल बग्ने खोला नै हो । यो खोला जहाँ को पनी हुनसक्छ । जस्तो सुकै पनी हुनसक्छ । एउटा सानो खहरे होस वा ठुलो खोला नै किन नहोस पानी मात्र भये पुग्यो ।त्यों पानी कस्तो छ, त्यास पानी मा कतिको फोहोर मिसिएको छ , पानी कस्तो छ । खान हुने हो की होईन केहि मतलब छैन । मतलब गरेर साध्य पनी छैन । नजिक को स्रोत उपयोग न गरुण त्यों पनी भयेन । ब्यक्ति ले जहाँ जे सुलभ रूप मा उपलब्ध छ सोही ता प्रयोग गर्छ नि ।
उनिहरु मा अशिक्षा को अभाव ले गर्दा पानी को स्तर , पानीमा मिसिएको ख़राब तत्व , हानिकारक रासायनिक पदार्थ आदि इत्यादि को बारे मा न त कुनै जानकारी नै छ , न त जानकारी पौने बारे उनिहरु लाई कुनै चासो नै हुन्छ । उनिहरु लाई त प्यास लागेको बेलामा पानी पिउन पाए पुग्यो । अरु थोक संग केहि मतलब छैन । जसले गर्दा हैजा , तैफिड जस्ता ज्यान मार्ने खालका बीमारी बाट पीड़ित हुन पुग्दछन । अहिले पनी तराई क्षेत्र का जनता हरु हाते पम्प प्रयोग गर्दछन। तिनिहरू ले प्रयोग गरे का त्यस्ता पानी मा आर्सेनिक को प्रमाणिक मात्रा भन्दा बढ़ी रहेको पाइए को ख़बर बेला बेला मा आई रहेको तथ्य बाट सबै परिचित नै छन।

उपरोक्त कुरा लाई बिचार गरेर अब ग्रामीण क्षत्र का जनताको जीबन स्तर माथि उठौना दिलो भैसके को छ । एस कुरा लाई ध्यान दी सरकार का तथा अन्य सम्बंधित क्षेत्र ले समय हुदै मा बिचार पुर्याउनु जरुरी छ। अब पनी दिलो भएको खंड मा देश को एउटा बृहद जनसँख्या आधारभूत स्वस्थ सुभिधा बाट बंचित हुन जाने छ । यो देश को लागी ठुलो हानि हो ।जब सम्म देश का जनता स्वस्थ हुन्न्न तब सम्म देश स्वस्थ हुन्न । जब देश नै स्वस्थ हुन्न तब अरु के नै स्वस्थ रहन्छ र ?

No comments:

Post a Comment